एक फुर्सदिलो मान्छे | An Idle Fellow
Translating Kate Chopin into Nepali
I enjoyed reading and translating this short piece because of its epistemic and ontological exploration. The protagonist seems to weigh the differences between two disparate ways of being and seeing the world. Books are good, but books can also be limiting. How else can we know the world? Let us turn towards Kate Chopin and her friend Paul to understand their take.
Source text here.
—
म थकित छु। यी सबै बर्षहरुपछि म निकै थकित छु। म किताबहरुमा जिउदोहरुका साथसाथै मरेका भनिनेहरुको भाषा पढिरहेको छु। हरेक नयाँ बिहानी किताब नै पढें। घाम लागिरहँदा पुरै दिन र राति ताराहरु हुँदा मैले मेरो लाल्टिन बालेको छु र किताब पढेको छु। अब मेरो दिमाग थाकिसक्यो र मलाई आराम चाहिएको छ।
म यहाँ ढोकानिर मेरो साथि पलको छेउ बस्नेछु। उ एक हात बाँधेर बस्ने फुर्सदिलो मान्छे हो। म जब उसलाई गाली गर्छु ऊ हाँस्छ र हातले शान्त रहन आग्रह गर्छ। ऊ टाढाको स्याउको रुखबाट गुञ्जिरहेको चाँचार चराको गीत सुनिरहेको छ। ऊ मलाई भन्छ कि चाँचारले गुनासो गाइरहेकी छे। उसलाई उसंगै पछिल्लो बसन्तमा रहेर संगै गुँड बनाएको संगी चाहिएको छ। उसले कुनै अरु संगी अपनाउने वाला छैने। आफ्नो मायालुको गीत खेत र जंगल चिर्दै आफूले नसुनेसम्म उसलाई बोलाइरहनेछे।
पल एक अनौठो मान्छे हो। उसले निलो आकाशको किनारामा अल्छी पाराले गुल्टिरहेको सेता भुक्का बादलहरुलाई एकोहोरो हेरिरह्यो।
ऊ मबाट उता फर्कियो र साथसाथै मेरा शब्दहरुको उपदेशहरुबाट – तिपतिया मैदानको गहिरो सुगन्ध र गुलाबको झाङ्गको बाक्लो अत्तर पिउँनु।
हामी संगै ढोकाबाट उठ्छौँ र पहाडको सौम्य ओरालोमा हिढ्छौँ। स्याउको रुख र गुलाबको झ्याङ्ग छेउ। र गहुँ उम्रिरहेको खेतको किनारै किनार। हामी महिला, पुरुष र बालबालिका बस्ने पहाडको सौम्य ओरालोको उँधोपट्टि हिढ्छौँ।
पल एक अनौठो मान्छे हो। ऊ हामीछेउ हिँडेका मानिसहरुको अनुहार गहिरिएर हेर्छ। मलाई भन्छ कि उसले आँखामा उनीहरुको आत्माको कथा पढ्छ। उसले पुरुष, महिला र बालबालिकाहरु चिन्छ र उसलाई थाहा छ किन उनीहरु यता वा त्यता हेर्छन। उसलाई थाहा छ उनीहरु किन यहाँ र त्यहाँ घुम्छन् र कुन कुराले उनीहरुलाई आउने र जाने बनाउछ। सायद म केही समयकालागि मेरो साथी पलसँग संसारमा हिँड्नेछु। ऊ धेरै बुद्धिमान छ र उसलाई भगवानको भाषा थाहा छ जुन मैले सिकेकी छैन।


i'm learning how to read nepali again and this was the perfect length to avoid feeling overwhelmed + really helpful to have the english version on the side! Also just a really cool story, thanks for translating!