एक अनौठो कथा । A Strange Story
Translating O. Henry into Nepali
Even after all these years, O. Henry’s After Twenty Years’ humor, first encountered in my schoolbook, is still etched onto my mind. I had later read a collection of his short stories and had giggled at the end of every story.
I wanted to translate something short and went through a few stories by American and British authors. I came across A Strange Story and, at first, I thought it was… strange. Only later I realized that the context brought the aha moment.
Source text here.
Here goes the translation:
—
एक अनौठो कथा । A Strange Story
अस्टिनको उत्तरी भागमा कुनै एक समय स्मदर नाम गरेको एउटा इमान्दार परिवार बस्थ्यो। परिवारमा जन स्मदर, उसकी श्रीमती, ऊ आफै, उनीहरुको पाँच बर्से सानी छोरी र उसकी आमाबुवा थिए। जनगणनामा र बिशेष सरकारी प्रयोजनकालागि जम्माजम्मी छ जना थिए जबकी सच्चिकै गन्दा उनीहरु तीनजना मात्र थिए।
एक साझ खाना खाएपछि सानी नानीको पेट दुखेर असह्य भयो र जन स्मदर हतारिदै औषधी किन्न सहरतिर छिर्यो।
ऊ कहिल्ल्यै फिर्ता आएन।
सानी नानीलाई ठिक भयो र समयसंगै ऊ ठूली महिला भइ।
आफ्नो श्रीमान गायब भएपछि आमाको निकै रुवाईधुवाई भयो र उनी तीन महिना पुग्दापुग्दै बिहे गरेर सान आन्टोनियो गइन्।
सानी नानीको पनि समयमै बिहे भयो र केहि साल बितेपछि पाँच वर्षकी फुच्ची नानी भयो।
उनीहरु बुवा हराएर नफर्किएकोको बेलाकै घरमा अझै बस्थे।
एक रात एउटा अचम्मको संयोगले जन स्मदर हराएकै दिन फुच्ची नानीलाई पेट दुखेर असह्य भयो। बाँचेर काम गरिरहेका थिए भने त्यसबेला जन स्मदर ति फुच्ची नानीको हजुरबुवा हुन्थे होलान्।
“म सहर छिरेर औषधी ल्याउछु।” जन स्मिथले भन्यो। (हो उसले जन नामक व्यक्तिलाई नै बिहे गरेकी थिइन्।)
“हैन हैन मेरो मायालु जन,” उसकी श्रीमती अत्तिएर कराइन्। “तिमी पनि सधैकोलागि हरायौ अनि फर्न्किन बिर्सियौ भने!”
त्यसैले जन स्मिथ गएन र उनीहरु बिस्ताराको छेउमा फुच्ची प्यान्सीसंगै बसे। (हो, प्यान्सीको नाम प्यान्सी नै थियो।)
केहि बेरपछि जब प्यान्सीलाई अझै गाह्रो भयो जन स्मिथ फेरी औषधी लिन जान तयार भयो तर उसकी श्रीमतीले उसलाई जान दिइन।
एक्कासी ढोका खुल्यो र एकजना लामो कपाल भएको कुप्रो परेको बुडो मान्छे कोठाभित्र छिर्यो।
“हेल्लो! हजुरबुवा आउनुभयो।” प्यान्सीले भनी। अरुले चिन्नु अगाडिनै उसले बुडोलाई चिनिसकेकी थिइ।
बुडोले पाकेटबाट औषधीको डब्बा निकाल्यो र एक चम्चा प्यान्सीलाई दियो।
ऊ च्याट्टै निको भइ।
“मलाई हल्का ढिलो भयो।” जन स्मदरले भने। “म गाडीकोलागि कुर्दै थिए।”
–
सन्दर्भ: ओ हेनरीले सुस्त चल्ने यातायात प्रणालीकोबारे व्यंग्य गर्न यो कथा लेखेका थिए।
Context: O. Henry had written this story as a satire, pointing at the inefficiency of the local streetcar system.
-
I now want to write a story about the ‘waits’ that we Nepali people make in our everyday lives and have been making since decades, if not millennia. Maybe you should too? Send me your version and I’ll send you mine!

