शाही सन्देश | An Imperial Message
Translating Franz Kafka into Nepali
When I first skimmed through the short source text, I thought, “Oh, this is so short and easy to translate.” Little had I paid attention to the shift in tense and easy I had thought the task of translating the parenthetical phrases cozying up inside the duo of the em dashes. But onwards I moved, like the emperor’s imperial messenger in the story. How did he move and where did he end up? Find out below:
Source text here.
—
महाराजधिराजले (सबैले वहाँलाई त्यही नै बोलाउथे) एउटा सन्देश पठाउनुभयो सिधै आफ्नो मृत्युशय्याबाट केवल तिमीलाई मात्र। तिमी वहाँको नालायक प्रजा। शाही सूर्यभन्दा सबैभन्दा टाढा शरण लिएको एउटा सानो छाया। वहाँले आफ्नो दूतलाई घुडा टेक्न लगाउनुभयो र सन्देश कानमा फुसफुसाउनुभयो। वहाँले सन्देश यति महत्त्वपूर्ण ठान्नुभयो कि सन्देश फिर्ता सुनाउन लगाउनुभयो। वहाँले त्यो मौखिक सन्देशको यथार्थता टाउको हल्लाएर पुष्टी गर्नुभयो। र वहाँको मृत्युको साक्षी हुन आएको हुल (सबै अवरोधात्मक पर्खालहरु भत्काइएका छन् र माथिसम्मै जाने चौडा भर्याङ्गभरी गोलाकारमा वहाँको साम्राज्यका ठुलाबढाहरु उभिएका छन्) उनीहरु सबैको अगाडि बाट दूतलाई पठाए। उनी नबिसाई निस्किहाले – ती शक्तिशाली अथक व्यक्ति। एउटा हात र त्यसपछि अर्को बाहिर निकाल्दै उनी भिडको बीचबाट बाटो खोज्छन्। यदि कसैले रोक्यो भने उनले आफ्नो छातीमा औल्याउछन् जहाँ सुर्यको एउटा चिन्ह छ। अनि उनी अगाडि बढ्छन् अरु कोहिले बढ्नै नसक्ने तरिकाले। तर भिड निकै प्रचण्ड छ, घरहरु पनि त्यस्तै अनगिन्ति छन्। यदि कुनै खुला मैदान भइदिएकोभए कसरी उड्नेथिए उनी र तिमीले छिट्टै तिम्रो ढोकामा उनको मुट्ठीको सुन्दर ढक्ढकावट सुन्नेथ्यौ। तर त्यो हुनुको साटो कति व्यर्थ छ उनको मिहिनेत। उनी अझै भित्रि दरबारको निजी कोठाहरुबीच जबरजस्ती आफ्नो बाटो खोज्दै छन्। उनीले आफ्नो बाटो कहिल्ल्यै जित्न सक्ने छैनन्। जित्न सकेको भएपनि उनले केहि हासिल नगरेको हुनेथियो। उनले भर्याङ्गका चरणहरु ओर्लदा लडाई गर्नुपर्ने थियो र त्यो गर्न सकेको भएपनि उनले केहि हासिल नगरेको हुनेथियो। उनले आँगन हुँदै आँगनपछि पहिलो दरबार घेर्ने दोश्रो दरबार र त्यसपछि फेरी भर्याङ्ग र आँगन र फेरी एकपटक दरबार र आदि इत्यादि गर्दै हजारौं वर्षसम्म हिड्नुपर्नेर्थ्यो। र उनी सबैभन्दा बाहरी ढोकाबाट बिस्फोट हुन्छन् भने (तर त्यो कदापि हुनै सक्दैन, कदापि सक्दैन) त्यो शाही राजधानी, त्यो संसारको केन्द्रबिन्दु धुलोले भरिएको अग्लो ढिस्को त्यहि उनकै अगाडी छ। यहाँ कसैले आफ्नो बाटो जबरजस्ती खोज्दैन, मरेको व्यक्तिको सन्देश बोकेर आएको मान्छेले त अवश्य खोज्दैन। तर तिमी आफ्नो झ्यालमा बस्छौ र त्यो सन्देशको बारे सपना देख्छौ साझ परेपछि।


